images
images

दोलखाका अधिकांश नागरिक माथिल्लो तामाकोशीको हकप्रद शेयरवाट वञ्चित हुँदै

दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शेयर आफ्नो डिम्याट खातामा जम्मा नगर्दा करिब २ लाख शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुने भएका छन् ।

शेयरधनीहरुले आयोजनाबाट खरिद गरेको शेयर आफ्नो डिम्याट खातामा जम्मा हुनेगरी शेयर अभौतिकीकरण नगर्दा करिब २ लाख शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुने भएका हुन् । दोलखामा निर्माण भएको स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि प्रदान गरेको सेयरलाई अधिकांश शेयर धनीहरुले अभौतिकीकरण अर्थात स्थानान्तरण नगरेका हुन् । आयोजनाबाट बाँडफाँड गरिएको शेयर भौतिक प्रमाणपत्र बितरण नगरी शेयरधनीहरुको सुबिधाको लागि सोझै सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा हुनेगरी अभौतिकीकरण गर्ने व्यवस्था रहेकोमा हालसम्म पनि करिब २ लाखले डिम्याट खातामा जम्मा गरेका छैनन् । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हकप्रद शेयर निश्कासनको तयारी अन्तिम चरणमा पुगेकाले शेयर अभौतिकीकरण जतिसक्दो छिटो गर्न आग्रह गरेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिईओ मोहन गौतमले तत्काल आफ्नो डिम्याट खाता खोली शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरबाट बञ्चित हुने भन्दै आफुले पाउने अधिकारको उपयोग गर्न शेयरधनीहरुलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरुहरुले हकप्रद शेयरको आवेदन दिन पाउने छैनन् । आफुले यसअघि खरिद गरेको आयोजनाको शेयर बराबरको हकप्रद शेयर करिब एक सय रुपैयाँमा खरिद गर्न पाईने आयोजनाले जनाएको छ ।

आयोजनाबाट खरिद गरेको शेयर आफ्नो डिम्याट खातामा जम्मा हुनेगरी शेयर अभौतिकीकरण नगर्दा करिब २ लाख शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुने भएका हुन् । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले हकप्रद शेयर निश्कासनको तयारी अन्तिम चरणमा पुगेकाले शेयर अभौतिकीकरण जतिसक्दो छिटो गर्न आग्रह गरेको छ ।

सिईओ गौतमले आयोजनाका शेयरधनी हकप्रद शेयर पाउनबाट बञ्चित हुन नपरोस् भन्दै आयोजनाले पटक पटक सुचनामार्फत जानकारी गराएपनि अधिकांशले अझै शेयर अभौतिकीकरण नगरेको बताउनुभयो । आयोजनाले सबै शेयरधनी हकप्रद शेयरको पहुँचमा पुगुन् भन्ने उद्धेश्यले जिल्लाका स्थानीय तहहरुलाई समेत समन्वय गर्न आग्रह गरेको छ । साथै सनराईज क्यापिटल लिमिटेडले समेत जिल्लाका बिभिन्न स्थानमा शिविर खडा गरेर शेयर अभौतिकीकरणको व्यवस्था मिलाएको थियो । सनराईड क्यापिटल लिमिटेडका सिईओ विजयलाल श्रेष्ठले आयोजनामा कुल २ लाख ७६ हजार शेयरधनी रहेकोमा अधिकांशले शेयर अभौतिकीकरण नगरेकाले हकप्रद शेयर पाउनबाट धेरै दोलखाबासी शेयरधनीहरु बञ्चित हुने बताउनुभयो ।
उहाँका अनुसार शेयर अभौतिकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाइनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ ।

शेयर अभौतिकरण गरेपछि मात्रै शेयर किनबेच गर्न पाइनेछ भने कम्पनीले दिएको लाभांश र हकप्रद शेयर भर्न पाईने छ । वेवसाइडमा भएको अपर तामाकोशीको शेयर अद्यावधिक फारम डाउनलोड गरी परिवारका सबै सदस्यको फारम भरेर सनराइज क्यापिटलमै अनलाइन मार्फत पनि फारम बुझाउन सकिनेछ ।

डिम्याट खाता खोलिसकेका शेयर धनीले डिम्याट खातामा आफ्नो शेयर जम्मा गर्नका लागि सनराइज क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता नम्बर भरेको फारम पठाउन सक्नेछन् । सनराइज क्यापिटलले डिम्याट खाता नम्बर पाइसकेपछि मात्रै सम्बन्धीत शेयरधनीको शेयर कित्ता डिम्याट खातामा हालिदिने व्यवस्था छ । यसका अलवा वेवसाइडमा भएको अपर तामाकोशीको शेयर अद्यावधिक फारम डाउनलोड गरी परिवारका सबै सदस्यको फारम भरेर सनराइज क्यापिटलमै अनलाइन मार्फत पनि फारम बुझाउन सकिनेछ ।
शेयर अभौतिकीकरणका लागि सनराईज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी सनराईज बैँक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु लगायत नजिकका अन्य बैँक तथा बित्तिय संस्थामा सम्पर्क गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साईजको फोटो सहित स्वयम् उपस्थित भई डिम्याट अकाउण्ट अर्थात् हितग्राही खाता खोल्न सकिनेछ । साथमा अपर तामाकोशीको शेयर भर्दा बुझाएको फर्मको अर्धकट्टी समेत लिएर जानुपर्नेछ ।

single-dsc.ing