images
images

९ हजार घुस माग्ने वडा अध्यक्षलाई एक महिना कैद सँजायको फैसला

  • १९ माघ २०८०, शुक्रबार १७:४८

काठमाडौं । सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिने एक जना कार्यवाहक वडा अध्यक्षलाई भ्रष्टाचार आरोपमा एक महिना कैद सहित ९ हजार जरिवाना तोकिएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कबडियालाई बिशेष अदालतले यस्तो सँजाय तोकेको हो । अनुदानकालागि सिफारिस गर्न गएका सेवग्राहीसँग ९ हजार घुस लिएको भन्दै कबडिया उपर अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतका न्यायधीशहरु डा. खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कार्यवाहक वडा अध्यक्ष कबडियालाई दोषी ठहर गरेको हो ।

पशु फार्म निर्माणको काम सम्पन्न गरी अनुदान रकम निकासाकालागि सिफारिस लिन गाएका सेवग्राहीवाट कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा रहेका वडा सदस्य कबडियाले ९ हजार घुस मागेका थिए ।