images
images

कर्तव्य गरी फरार रहेका पुरुष मृतकको मोबाईलसहित काभ्रेबाट पक्राउ

  • २० फाल्गुन २०८०, आईतवार १४:०७

काठमाडौँ । कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाल मृत्तकको मोबाइल सहित काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन् ।

तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय गोपाल ढकालको हत्यामा संलग्न देखिएकोले सुवाललाई हिजो काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बाट पक्राउ गरिएको हो । ढकालको शव फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सूर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको खुलेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।