images
images

युवकको हत्या आरोपमा कञ्चनपुरका वडाध्यक्ष पक्राउ

  • २० फाल्गुन २०८०, आईतवार १८:५४

कञ्चनपुर । कञ्चनपुरमा युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।

हत्या आरोपमा बलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पक्राउ परेका हुन् । गत कात्तिक २४ गते बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश राना रुखमा झुण्डिएको अवस्थामा मृत्त फेला परेका थिए । राना रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि मृत्तकका बुवाले वडाध्यक्षसहित ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए ।

सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट उनीहरुलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति लिइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटना भएको दिन उनीहरु सबै मृत्तक रानासँगै रहेको खुलासा भएको छ ।