images
images

भ्रष्टाचार प्रकरणमा मुछिए कांग्रेस नेता शाही, सांसद पद स्वत निलम्बनमा

  • २२ चैत्र २०८०, बिहीबार १६:१६

वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रतिवादी बनाइएका पूर्वमन्त्री जीवनबहादुर शाहीको सांसद पद स्वत निलम्बनमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो । दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवं पूर्व पर्यटनमन्त्री समेत रहेका शाहीसहित ३० जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्धा दर्ता भएमा स्वत्तः निलम्बन पर्ने व्यवस्था रहेको छ । शाही हुम्ला प्रदेशसभा २ बाट निर्वाचित भएका थिए ।