images
images

अदालतको आदेशपछि अरुण चौधरीसहित तीनै जना भोली रिहा हुने !

  • २२ माघ २०८०, सोमबार २१:०२

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई आजको मितिले २ दिनभित्र रिहा गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो ।

आदेशमा प्रतिवादीहरुको अनुषन्धान समक्षको बयान कार्य सकिएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्वन्धी बुझी कागज गराउनकालागि माघ २२ गतेको मितिले लागु हुनेगरी दुई दिनको म्याद थपिदिएको उल्लेख छ । अदालतको यो आदेश वमोजिम व्यवसायी चौधरीसहित तीनै जना भोली नैं छुट्ने सम्भावना छ । भोली बाँकी काम नसकिए पर्सि बुधवार उनीहरु छुट्ने निश्चित छ ।

६० वर्षीय चौधरी तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सेयरधनी तथा सञ्चालक हुन्। उनीहरूले पहिले सार्वजनिक कम्पनीलाई निजी कम्पनी बनाएको सीआईबीको निष्कर्ष छ। हालको सीजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालकसमेत रहेका अरुणले नै मालपोत कार्यालयमा लिखतहरु सहीछाप गरेको भेटिएको प्रहरीको भनाइ छ।

यही प्रकरणमा पक्राउ परेका अजितनारायण थापा तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष थिए। तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड सञ्चालक समितिको अध्यक्ष पनि उनै थिए।