images
images

डलर साट्ने बाहानामा ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका युवक पक्राउ

  • २९ माघ २०८०, सोमबार १६:५६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवक डलर साट्ने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

बाह्रबिसे नगरपालिका–४ का २६ वर्षीय दिलकुमार लामा ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । काठमाडौँको टेकुका ३२ वर्षीय गिरिराज लिम्बुलाई डलर देखाई ठगी गरी फरार रहेका थिए । लिम्बुलाई ५० हजार डलर साट्ने प्रलोभनमा पारी ९ लाख रुपैयाँ ठगी गरी फरार रहेका उनलाई प्रहरीले काठमाडौँको बुढानिलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

यस्तै डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का बाह्रबिसे नगरपालिका–४ का ३६ वर्षीय अमृतकुमार लामालाई गत मंसिरमा प्रहरी पक्राउ गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।