images
images

रामेछापमा एक पुरुष भरुवा बन्दुकसहित पक्राउ

  • १ फाल्गुन २०८०, मंगलवार ०६:५९

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित सोलुखुम्बुका एक पुरुष भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

उमाकुण्ड गाउँपालिका–२ स्थित पासाङ शेर्पाको घर जग्गा ठेक्का भाडामा लिई बन्दै आएका सोलुखुम्बुका ५८ वर्षीय सुब्बा तामाङ भरुवा बन्दुकको साथमा पक्राउ परेका हुन् । उनले आफू बस्ने गरेको गोठ घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्ने क्रममा लुकाई राखेको एक भरुवा बन्दुक र फलामको वेरिङ जस्तो देखिने दुई वटा छर्रा फेला पारी उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत रामेछापबाट एक साताको म्याद थप गरी हातहतियार खरखजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।