images
images

मृत्यु भएका पेन्सनदारको पेन्सन निकाली ठगी गर्ने रामेछापका पुरुष पक्राउ

  • ३ फाल्गुन २०८०, बिहीबार १६:३७

काठमाडौं । मृत्यु भइसकेका व्यक्तिको किर्ते कागजात बनाएर पेन्सन निकाली ठगी गर्ने रामेछापका पुरुष पक्राउ परेका छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूण्यप्रसाद अधिकारी मृत्यु भइसकेका व्यक्तिको पेन्सन झिकेको आरोपमा पक्राउ परेका हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले बैंकमा पेन्सन खाता भएका तर मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको हो । उनले हालसम्म ८ जनाको पेन्सन पट्टाबाट आफैँले पेन्सन लिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाई पेन्सन आफैंले लिने गरेका थिए । पक्राउ परेका उनलाई बैंकिङ कसुर र ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले उच्च अदालत पाटनसँग अनुमति माग गरेको छ ।