images
images

सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति

  • ४ चैत्र २०८०, आईतवार १६:३७

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देशीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद थप गरेको बताउनुभयो । उहाँले अनुसन्धानकै क्रममा रहेकाले हाल धेरै विषय खुलाउन नमिल्ने पनि बताउनुभयो । उहाँका अनुसार बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार बुटवल लगिएको थियो ।