images
images

मेलम्चीमा भ्रष्टाचारः पूर्वसचिव र अध्यागमन प्रमुखसहित १८ जनाविरुद्ध मुद्दा दर्ता

  • ६ फाल्गुन २०८०, आईतवार १६:५०

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव र अध्यागमन प्रमुखसहित १८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले अध्यागमनका प्रमुख रुद्रसिंह तामाङ तथा पूर्वसचिवहरु भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरसहित १८ जनाविद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।  पूर्वसचिव उपाध्याय मेलम्ची खानेपानी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रहँदा भ्रष्टाचारमा संलग्न रहेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको छ ।