images
images

आमालाई छलेर प्रसुती गृहबाट बच्चा चोरी

  • ११ फाल्गुन २०८०, शुक्रबार १७:२६

काठमाडौं । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट काभ्रेपलाञ्चोकको बच्चा चोरी भएको छ ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौंको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठले बोकिराखेको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरी गरेकी हुन् । २६ दिने नाबालिकाको फलोअप उपचारका लागि सविना जेठानीसहित प्रसूतिगृह गएकी थिइन् । जन्डिसको बिरामी शिशुको उपचारको लागि अस्पताल पुगेका देउरानी जेठानी डाक्टरको पालो कुर्ने लाइनमा रहेका थिए ।

सोही बेला लाइनमै रहेकी अर्की अपरिचित महिलाले एकछिन म समातिदिन्छु भन्दै बच्चा लिएकी थिइन् । उनले छलेर बच्चा लगी फरार रहेको प्रहरीले जनाएको छ । छोरी हराएपछि आमा सविना हाल बोल्न नसक्ने अवस्थामा रहेकी छन् । प्रहरीका अनुसार बच्चा चोरी गरेर भाग्ने महिलाको खोजीकार्य भइरहेको छ ।