images
images

सिन्धुपाल्चोकका एकसहित दुई व्यक्तिको बहुमुल्य गहना र नगद लुटपाट गर्ने गिरोह पक्राउ

  • १३ फाल्गुन २०८०, आईतवार १८:४९

काठमाडौं । सिन्धुपाल्चोकका एकसहित दुई व्यक्तिको गहना र नगदसहित डेढ करोड बराबरको धनमाल लुट्ने गिरोह पक्राउ परेको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ का २५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकका फुरसाङ्गे लामाको गहना र नगदसहित डेढ करोड बराबरको धनमाल लुट्ने गिरोह पक्राउ परेको हो । पक्राउ पर्नेमा धादिङको रुवी भ्याली गाउँपालिका–२ का २७ वर्षीय सोनाम थापा तामाङ, रसुवाको आमाछोदिङमो गाउँपालिका–५ का टाँसी तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–११ का अनन्त राज घिमिरे र भारतका ३१ वर्षीय आमोल बालु फुके रहेका छन् ।

४ वटा मोटरसाइकलमा सवार ६ जना अपरिचित व्यक्तिको सो गिरोहले क्रासाङ र फुरसाङ्गेलाई गत माघ २५ गते घेरा हालि बहुमूल्य गरगहना, नगद र मोटरसाइकल समेत चोरी गरेको थियो । गिरोहले उनीहरुको साथबाट नगद २५ हजार, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमाला, मुगामाला जडित सुनको घवा, आई फोन र निजहरु चढी गएको बागमती प्रदेश ०३–०२ प ००४ प ४२८३ नम्बरको मोटरसाइकल समेत गरी एक करोड ५२ लाख १२ हजार बराबरको धनमाल चोरी गरेको थियो । उनीहरुलाई गिरोहले हातहतियार देखाई ज्यान मार्ने धम्कि दिनुका साथै कुटपिट समेत गरेका थिए ।

गिरोहमा संलग्न टाँसीले सोनामलाई सूचना दिने र दुवै जना मिलेर लुटपाट गर्ने गरेका थिए । यस्तै, अनन्त र आमोलले भने चोरी गरी ल्याएको सुन खरिद गर्ने गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले माछापोखरीबाट उनीहरुलाई २ सय ९५ दशमलव ३ ग्राम सुन र नगद १९ लाख ५० हजार सहित फागुन १० गते पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।