images
images

प्रेम सम्बन्धको विषयलाई लिएर तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

  • १३ बैशाख २०८१, बिहीबार १३:४४

जनकपुर । धनुषामा प्रेम सम्बन्धको विषयलाई लिएर भएको झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

धनुषाको औराही गाउँपालिका १ पौडेसरमा प्रहरी र स्थानीय बासिबीच झडप भएको हो । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समुहबीच विवाद हुँदा एक समुहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको धुनाषका प्रहरी प्रवक्ता डिएसपी रञ्जन आवाले जानकारी दिनुभयो ।