images
images

श्रीमानको कोदालो प्रहारबाट श्रीमतीको मृत्यु

  • १६ फाल्गुन २०८०, बुधबार १७:५२

सिन्धुली । सिन्धुलीमा श्रीमानको कोदालो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्दबहादुर बि.कको कोदालो प्रहारबाट श्रीमती ३५ वर्षीया चेतकुमारी बि.कको मृत्यु भएको हो । उनीहरु आज बिहान काम गर्न खेतमा गएका थिए । खेतमा काम गर्ने क्रममा बुद्दबहादुरले कोदालोले श्रीमतीको टाउकोमा प्रहार गरेका थिए । श्रीमानको कोदालो प्रहारबाट चेतकुमारीको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । यद्यपी कोदालो प्रहार गर्नुको कारण भने खुलेको छैन् । बुद्दबहादुरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको सिन्धुली प्रहरीले जनाएको छ ।