images
images

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, कुटपिट गर्ने चारजना पक्राउ

  • १५ माघ २०८०, सोमबार १४:३५

रुकुमपश्चिमकोे बाँफिकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चारजना पक्राउ परेका छन् ।

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने बाँफिकोट गाउँपालिका–४ का २८ वर्षीय लक्ष्मण विक, सोही वडाका २२ वर्षीय जनक खनाल, बाँफिकोट–५ का २२ वर्षीय कैलास पुरी र बाँफिकोट–६ का एक नाबाललाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बाँफिकोट–३ स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका छन् । प्रहरी जवानसँग स्थानीयको सामान्य विवाद भएको र विवाद साम्य बनाउन सम्झाइ बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइते प्रहरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।