images
images

मृत फेला परेकी महिलाको दुई थान रिङले ज्यान लिएको खुलासा, छोराले नै दिएका थिए झुटो जाहेरी

  • १५ माघ २०८०, सोमबार १६:००

संखुवासभा । संखुवासभामा दुई थान सुनको रिङको लागि बन्चरो प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

कानमा लगाएको २ थान सुनको सिक्रीका लागि दिपेन भन्ने आकाश राईले बन्चरो प्रहार गरी महिलाको हत्या गरेका हुन् । हत्या गरी लिइएको २ थान सुनको रिङ दिपेनले धनकुटाको पाख्रीवास–४ बुद्धचोकस्थित रुपकला ज्वेलर्समा ४७ हजारमा बिक्री गरेको खुलासा भएको छ । संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोककुमार जबेगूका अनुसार ज्वेलर्सकी सञ्चाक धनमाया विश्वकर्माले पनि सो रिङ आफ्ना देवर पर्ने देवबहादुर विश्वकर्मालाई बिक्री गरेकी थिइन् । प्रहरीले सुनको रिङ देवबहादुरको विवेक ज्वेलरीबाट बरामद गरी उनलाई र धनमायालाई पनि पक्राउ गरेकोे छ ।

गत माघ ६ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटार मंगलबारेमा स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको शव फेला परेको थियो । मृत्तकका छोरा सुभाष घिमिरेले भने घटनाको अनुसन्धानका क्रममा दाउरा जम्मा पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टिँदा सो रुखको ठुटाले आमाको टाउकोमा लागेर मृत्यु भएको जाहेरी दिएका थिए । घटनास्थलदेखि केही टाढा झाडीमा प्रहरीले रगत लागेको बन्चरो र मृत्तकले प्रयोग गर्ने मोबाइल तथा मृत्तकले पैसा राख्न प्रयोग गरेको थैली फेला पारेको थियो । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले अनुुसन्धानका क्रममा माघ ११ गते दिपेनले लाई पक्राउ गरेको होे । उनी केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा भाँडामा लिई ज्याला मजदुरी गर्दै आएका थिए । घटनामा संलग्न दिपेनमाथि कर्तव्य ज्यान र चोरी÷डाँका सम्बन्धी कसुर मुद्दामा तथा सुनको रिङ खरिद गर्ने दुवै जनामाथि चोरी÷डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।