images
images

कालिञ्चोक दर्शन लिमिटेडले भोली शेयर बाँडफाँट गर्ने

  • १८ माघ २०७९, बुधबार ०७:५६

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेडले भोली शेयर बाँडफाँट गर्ने भएको छ ।

माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर भोली बिहीबार बाँडफाँट हुने भएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा भोली विहान ९ः३० बजे शेयर बाँडफाँट गर्ने तयारी छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सो मध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट भइसकेकोे छ ।

यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । सोही अनुसार अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको पर्यटकीय एवम् धार्मिकस्थल कालिञ्चोकमा केबलकार सञ्चालन गरिरहेको छ ।