images
images

बागमती प्रदेशसभाको हिउँदे अधिवेसन भयो अन्त्य

  • १३ बैशाख २०८१, बिहीबार ०८:१७

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेसन गएरातिदेखि अन्त्य भएको छ ।

बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेसनको बैठक गएराति १२ बजेदेखि अन्त्य भएको घोषणा गर्नुभएको हो । नेपालको संविधानको धारा १ सय ८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेसन अन्त्य गरेको प्रदेशप्रमुख सचिवालायका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । हिजो बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चालु अधिवेसन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार प्रदेशप्रमुख शर्माले प्रदेशसभा बैठक अन्त्य गर्नुभएको हो ।

प्रदेशसभाको अधिवेसन प्रदेश सरकार मन्त्रीपरिषद बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आवहान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । चालु हिउँदे अधिवेसन अन्तय भएसँगै प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को प्रि बजेट छलफल र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन बर्खे अधिवेसन आवहान गर्ने तयारीमा लाग्ने सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।