images
images

काभ्रेपलाञ्चोकका तीन फरार अभियुक्त पक्राउ

  • १८ फाल्गुन २०८०, शुक्रबार १८:३३

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका तीन फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–२ का ४० वर्षीय वसन्त लामा, नमोबुद्ध नगरपालिका–५ का ४५ वर्षीय मोहन सिं तामाङ र बेथानचोक गाउँपालिका–६ घर भई हाल बनेपा नगरपालिका–९ मा बस्ने ४४ वर्षीय दिपक थापा रहेका छन् । तामाङलाई बहुविवाह मुद्दामा २०७६ साल माघ ८ गते ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै १ वर्ष ११ महिना ४ दिन कैद र ३ हजार जरिवाना गरेको थियो । थापालाई बैंकिङ कसुरमा गत असोज २ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले ११ दिन कैद र १ लाख जरिवाना गरेको थियो । यस्तै, लामालाई चेक अनादर मुद्दामा २०७९ साल जेठ १० गते काभ्रेपलाञ्चोक जिल्ला अदालतले २ हजार जरिवाना गरेको थियो ।

अदालतको फैसलापछि उनीहरु फरार रहेका थिए । प्रहरीले फरार रहेका तामाङ र थापालाई आज पक्राउ गरेकोे हो भने लामालाई हिजो पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।