images
images

कर्तव्य ज्यान मुद्धा लागेर फरार रहेका रामेछापको दोरम्बा गाउँपालिकाका वडा सदस्य मगर पक्राउ

  • १९ चैत्र २०८०, सोमबार १७:२२

काठमाडौं । काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछापको दोरम्बा गाउँपालिका–३ का वडासदस्य ४० वर्षीय लालबहादुर मगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले वडासदस्य मगरलाई काठमाडौं महानगरपालिका–३२ को जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । गत असारमा दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो । खेतमा पानी लगाउन जान भनी निस्केका पाठकको चार दिनपछि शव फेला परेको थियो । शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । पीडित पक्षले रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ–३ का प्रकाश कँडेल र वडासदस्य लालबाहदुर थाप मगर विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरी परेपछि फरार रहँदै आएका थापा मगरलाई प्रहरी ९ महिनापछि पक्राउ गरेको हो ।