images
images

श्रीमान श्रीमती घरभित्रै मृत फेला, हत्या भएको आशंका

  • २० चैत्र २०८०, मंगलवार १२:१७

पर्वत । पर्वतको जलजला गाउँपालिकामा श्रीमान श्रीमाती मृत्त फेला परेका छन् ।

जलजला गाउँपालिका–२ का ६८ वर्षीय सूर्यबहादुर सिजी र उनकी श्रीमती६५ वर्षीया गमला सिजी घरभित्रै आज मृत्त फेला परेका हुन् । वडा नम्बर २ का वडाध्यक्ष प्रकाशबहादुर घर्तीले घटनास्थल रगताम्मे भएको र कसैले हत्या गरेको जस्तो देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार घरमा उनीहरु २ जना मात्रै बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।