images
images

दोलखा जिल्लाभर सहकारीको कार्यक्रमः यसरी मनाईयो जिरीमा दिवस

  • २० चैत्र २०८०, मंगलवार १८:२८

जिरी (दोलखा) । आज दोलखा जिल्लाभर ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

जिल्लाको पर्यटकीय नगरी जिरी सहित जिल्लाको ९ वटै पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाइएको हो । दिवशको अवसरमा जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका लगायत जिल्लाको विभिन्न स्थानीय तहमा र्याली सहितको कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । जसअनुसार जिरी नगरपालिकामा हाटडाँडाबाट र्याली सुरु गरि लिंकनबजारमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

जिरी नगरपालिकाको आयोजना र जिरी नगर सहकारी समन्वय समितिको सहआयोजनामा भएको कार्यक्रममा नगर प्रमुख मित्र बहादुर जिरेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्का लगायत जिरी नगरपालिका भरका सहकारी संस्थाका सहकारी अभियान्ता, सहकारीकर्मीहरु सहभागी भएका थिए । आज सहकारीमा सुुसासन, प्रविधि र एकीकरण भन्ने नारा सहित सहकारीकर्मीहरुले दिवश मनाएका छन् ।