images
images

गृह मन्त्रालयद्धारा ९ जना उपसचिवको सरुवा

  • २१ चैत्र २०८०, बुधबार १३:४६

काठमाडौँ । गृह मन्त्रालयले सिन्धुपाल्चोकमा एकसहित ९ जना उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालय अन्तर्गत काम गरिरहेका ९ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन कार्यालय तातोपानी, सिन्धुपाल्चोकमा सरुवा गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयमा ३ जना, अध्यागमन विभागमा नयाँ एक जना नयाँँ उपसचिव खटाइएको छ । भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रुपमा सरुवा भएको छ भने जाजरकोटका सिडिओ पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरिष्ठ अध्यागमन अधिकृतका रुपमा सरुवा भएको छ ।

यस्तै गृह मन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।