images
images

पर्वतमा दम्पतीको हत्या लुटपाट गर्ने उदेश्यले भएको खुलासा

  • २१ चैत्र २०८०, बुधबार १७:४६

पर्वत । पर्वतको जलजलामा घरभित्र सुतिरहेको अवस्थामा फेला परेका दम्पतीको हत्या लुटपाट गर्ने उदेश्यले भएको खुलासा भएको छ ।

जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६५ वर्षीया गमला जिसी हिजो हत्या भएको अवस्थामा फेला थिए । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरेको पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिनुभयो । उनीहरुको हत्या लुटपाट गर्ने उदेश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको हो ।

हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएकी सिक्री र कानको रिङ लुटेर लगेका छन् । हत्यामा संलग्न आरोपीहरु फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको डीएसपी भुसालले बताउनुभयो । उहाँका अनुसार हत्यामा प्रयोग भएको धारिलो हतियार हँसिया प्रहरीले बरामद गरेको छ ।