images
images

प्रहरी जवानले गरे श्रीमती र नावालक छोराको हत्या

  • २१ माघ २०८०, आईतवार ११:२९

दाङ । श्रीमतीको दवाव थेग्न नसकेको भन्दै दाङमा प्रहरी जवानले आफ्नै श्रीमती र साँढे २ बर्षका छोराको हत्या गरेका छन् ।

रोल्पा स्थायी घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आज विहान २२ वर्षीय श्रीमती टिका विक र साँढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन् । श्रीमती र नावालक छोराको हत्या गरेपछि प्रहरी जवान नेपाली आफै प्रहरी कार्यालयमा पुगेका थिए । उनले श्रीमतीले अनावश्यक दवाव दिएका कारण हत्या गरेको बताएका छन् ।

लामो समय बाँकेमा रही केही महिना अघि मात्रै बाँकेवाट दाङ सरुवा भएर आएका नेपाली शनिवर राति कार्यालयवाट विदा मागेर घोराहीको सहित गेटस्थित सुपर लज होटलमा बसेका थिए । आज विहान भएको विवादपछि उनले सोही होटलमा श्रीमती र छोरालाई सलले घाँटीमा कसेर हत्या गरेका थिए ।

घटनाका बारेमा अनुषन्धान भइरहेको र थप कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकवहादुर मल्लले जानकारी दिनुभयो ।