images
images

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दुई फरार अपराधी पक्राउ

  • २१ फाल्गुन २०८०, सोमबार ०६:२७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दुई फरार अपराधी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–२ का पदम बहादुर नेपाली र मेलम्ची नगरपालिकाका–७ सुन बहादुर तामाङ रहेका छन् । नेपालीलाई गत बैशाखमा बैकिंङ कसुरमा ४ हजार ४३ सय रुपैयाँ जरिवाना तोकेको थियो भने तामाङलाई २०६७ साल फागुन १२ गते जरिवानाको फैसला तोकिएको थियो । उनीहरु फैसला कार्यान्वयन अन्तर्गत कैद र जरिवाना सजाय तोकिसके पछि लामो समयसम्म फरार रहेका थिए ।

फरार रहेका तामाङलाई सिन्धुपाल्चोक प्रहरीले १३ वर्षपछि हिजो पक्राउ गरेको हो भने नेपाली १ वर्षपछि पक्राउ परेका हुन । पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालत चलान गरिएको प्रहरीले जनाएको छ ।