images
images

मध्यरातमा होहल्ला गरेपछि गायक राजेशपायल सहित तीनजना कलाकार पक्राउ

  • २२ चैत्र २०८०, बिहीबार ०८:२३

काठमाडौं । चर्चित गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।

गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।