images
images

वाईडबडी जहाज खरिद प्रकरणः डेढ अर्ब भ्रष्टाचार, ३० जना विरुद्ध मुद्धा

  • २२ चैत्र २०८०, बिहीबार १४:०७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

आयोगको आज बैठकले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित राजनीतिक नेतृत्वसहित ३० जनाविरुछ अख्तियारले भ्रष्टचार मुद्धा चलाउने निर्णय गरेको हो । अख्तियारले सो खरिद प्रकरणमा मुछिएका तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाएको हो । निगमले यसअघि वाईडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । यस प्रकरणमा आज नै विशेष अदालतमा मुद्धा दर्ता हुने भएको छ ।