images
images

भातृ संस्थाहरुको अधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

  • २१ बैशाख २०७९, बुधबार १४:२५

काठमाडौं । नेपाली कांग्रेसले भातृ संस्थाहरुको पुर्वनिर्धारित अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेसले केही भातृसंघ र शुभेच्छुक संस्थाहरुको पुर्वनिर्धारित अधिवेशन, महाधिवेशन स्थानीय तहको निर्वाचन आसपासमा सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको हो । कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पुर्वनिर्धारित अधिवेशनहरु स्थगित गर्न भनिएको छ ।

साथै कांग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ ।