images
images

सर्लाहीको बरहथवामा तनावः झडपको क्रममा एक जनाको मृत्यु, केही घाइते

  • २० पुष २०८०, शुक्रबार १६:४५

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजना  प्रदर्शनकारीको मृत्यु भएको छ । झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। प्रजिअ धमलाले मृतकको शव स्थानीयकै नियन्त्रणमा रहेको र स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयो । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र हवाइ फाइर गरेको छ।अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले रोकेको थियो। आन्दोलनकारी र प्रहरीबीच झडप भएर स्थिति अशान्त बनेको थियो । झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् ।