images
images

सहकारी पीडितद्धारा रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोराबिरुद्ध कास्की प्रहरीमा जाहेरी

  • २२ माघ २०८०, सोमबार १७:२७

कास्की । सहकारी पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनसहित १८ जनाविरुद्ध जाहेरी बुझाएका छन् ।

विभिन्न व्यक्ति र संस्थाविरुद्ध उनीहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरुको जाहेरी प्रहरीले बुझेपनि दर्ता भने भएको छैन् । जाहेरीमा सभापति लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन लगायत रहेका छन् । यसैगरी संस्थाहरुमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि लगायतविरुद्ध पनि आरोप छ । पैसा लिएको तर, फिर्ता नगरेका कारण जाहेरी दिएको पीडितहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले पनि निवेदन प्राप्त भएको बताउनुभयो ।