images
images

श्रीमती हत्या आरोपमा सोलुखुम्बुका पुरुष पक्राउ

  • १९ कार्तिक २०७९, शनिबार १०:४०

सोलुखुम्बु । सोलुखुम्बुका पुरुष आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको नेचासल्यान गाउँपालिकाका ६२ वर्षिय रामबहादुर राईलाई प्रहरीले श्रीमती हत्या आरोपमा पक्राउ गरेको हो । गएराती सामान्य घरायसी विवादका कारण राईले ३३ वर्षिया श्रीमती कल्पना खड्का राईलाई दाउराको चिर्पटले हानेर हत्या गरेको ओखलढुंगाका प्रहरी नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिनुभयो । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राई सहित उनका परिवार तिन वर्षदेखि ओखलढुंगामा बस्दै आएका थिए ।