images
images

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

  • २६ फाल्गुन २०८०, शनिबार १२:३५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका–५ कानपुरकी श्रीमती ४० वर्षीया कमला परियारको कुटपिटबाट श्रीमान ५९ वर्षीय धनबिर दमाईको मृत्यु भएको हो । कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र निगालोको लठ्ठिले श्रीमानको टाउकोमा हानेकी थिइन् । निगालोको लठ्ठि प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । कुटपिट गर्ने कमलालाई नियन्त्रणमा लिई प्रहरी चौकी कानपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।