images
images

ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका पाँच जना पक्राउ

  • २८ माघ २०८०, आईतवार १६:४५

काठमाण्डौँ । नक्कली सुन देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरमा नक्कली सुन देखाएर रामेछाप एक युवतीलाई ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका पाँच जनालाई प्रहरीले प्रक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुरको बोडे बस्दै आएका ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे–५ घर भई हाल काठमाण्डौको मूलपानी बस्दै आएका ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुथिमि नगरपालिकामा बस्दै आएकी २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुपर्याे, भनी प्रलोभनमा पारी दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो । पैसा लिएपछि फरार रहेका उनीहरूलाई शुक्रवार र हिजो बोडेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट दुई लाख ९६ हजार पाँच सय रुपैयाँ बरामद गरिएको छ ।