images
images

रामेछापमा चुनावी गठबन्धन गरेर जाने सत्तागठबन्धनको निर्णय

  • २९ चैत्र २०७८, मंगलवार १४:२१

रामेछाप । रामेछापमा सत्तागठबन्धन दल चुनावी गठबन्धन गरेर जान सहमत भएका छन् ।

सत्ता गठबन्धनको आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस रामेछाप सभापति पूर्ण बहादुर तामाङ, नेकपा (माओवादी केन्द्र) संयोजक मैन कुमार मोक्तान, नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद्का सदस्य रोज मोक्तानको संयुक्त हस्ताक्षरित जारी विज्ञप्तिमा गठबन्धन दललाई गठबन्धनकोे हितविपरित प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिन र त्यस्ता कुनै पनि गतिविधिहरु नगर्न गराउन सबै तहहरुमा निर्देशन दिइएको छ ।

बैठकमा सैद्धातिक सहमति भएसँगै कार्यकर्तालाई गठबन्धनप्रति इमान्दार हुन समेत निर्देशन दिएको माओपवादी केन्द्रको सचिव तथा पूर्वसांसद तारानारायण श्रेष्ठले जानकारी दिनुभयो ।