images
images

त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित सिन्धुपाल्चोककी युवती पक्राउ

  • १ फाल्गुन २०८०, मंगलवार १६:३९

काठमाडौं । सिन्धुपाल्चोककी एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित पक्राउ परेकी छन् ।

अवैध रुपमा युएईको मुद्रा लिएर जान लागेको अवस्थामा प्रहरीले जुगल गाउँपालिका–२ की १९ वर्षीया सुस्मिता गोलेलाई पक्राउ गरेको हो । फ्लाई दुबईको उडानमार्फत काठमाडौँ जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गरेको थियो । चेकजाँच गर्ने क्रममा गोलेको साथबाट १० हजार युएई दिराम र १ लाख ४९ हजार फेला पारेको प्रहरीको भनाई छ । बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।