images
images

छोरीका प्रेमीको घाँटी रेटेर हत्या गरेको आरोप लागेका तीन जना पुर्पक्षका लागि थुनामा

  • ४ फाल्गुन २०८०, शुक्रबार १८:४८

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा एक युवकको विभत्स हत्या गरिएको कर्तव्य ज्यान सम्वन्धी मुद्धाका आरोपी दोलखा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षकालागि कारागार चलान भएका छन् ।

युवकलाई क्रुरतापूर्वक हत्या गरेको अभियोगमा पक्राउ परेका दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपली, इस्वर नेपाली र विशाल नेपाली अदालतको आदेश पछि पुर्पक्षकालागि कारागार चलान भएका हुन् । दोलखा जिल्ला अदालतमा बुधवार भएको थुनछेकको वहशमा श्रेस्तेदार, उपसचिव अन्जन भट्टले तीनै जना आरोपीलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिनुभएको थियो । सोही आदेश अनुसार उनीहरु चरिकोट कारागार चलान भएका हुन् ।

दोलखा प्रहरीले अनुषन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा मुद्धा बुझाएपछि जिल्ला न्यायधिवक्ताले क्रुर र अमानवीय हत्या भएकाले जीवनभर कैद सँजायको माग दावी सहित जिल्ला अदालतमा मंगलवार अभियोजन पत्र दर्ता गराएका थिए । कारागार चलान भएका तीनै जनालाई शैलुङ गाउँपालिका–४ का १८ वर्षीय युवक भिष्म भण्डारीलाई हत्या गरेको अभियोग छ । गत पुस १६ गते भण्डारीको शव घाँटी रेटेर अलग गरिएको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको थियो ।

प्रहरी अनुषन्धानले हत्या गरिएका युवकको हत्या आरोपी पुस्कर नेपालीका छोरीसँग प्रेम सम्वन्ध भएको र अभिभावक नभएका बेला प्रेमीकालाई भेट्न गएका युवकलाई मदिरा सेवन गरी फर्किएका पुस्कर, इस्वर र विशालले खुकुरीले घाँटी रेटेर क्रुरतापुर्वक हत्या गरेको देखाएको छ ।