images
images

फिल्म घर ज्वाइँको सुटिङ सुरु, दयाहाङ र मिरुना प्रमुख भुमिकामा

  • ५ फाल्गुन २०८०, शनिबार १५:२२

अनिल बुढामगरको निर्देशीत फिल्म घर ज्वाइँको सुटिङ सुरु भएको छ ।

फिल्म निर्माता जनक घर्ती मगरले आज पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरी सुटिङ सुरु गरिएको जानकारी दिनुभयो । घर ज्वाइँ फिल्ममा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेका छन् । फिल्मको करिब ३५ दिनको सेड्युल राखिएको छ । फिल्लममा दयाहाङ र मिरुनाका साथै बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राजथापा काउचा, कविता आले, शिला आले लगायतको अभिनय रहनेछ । फिल्मको कथा निर्देशक मगर स्वयम रहेका छन् भने पटकथा र संवाद लेखनमा मगरलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् ।

फिल्लमा सुजन प्रजापतिको छायाङ्कन, हर्क साउद र मनोज थापको शब्द,संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको रहेको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको वितरण आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन् । निर्देशक अनिल बुढामगरका अुनसार फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुनेछ । फिल्म आगामी असार २८ गते प्रदर्शन हुनेछ ।