images
images

रामेछापका एकसहित दुई जना लागुऔषध कारोवारी पक्राउ

  • ६ बैशाख २०८१, बिहीबार १४:२१

काठमाडौँ । लागु औषध नियन्त्रण व्युरोले लागु औषध कारोवार गर्ने रामेछापका एक सहित दुईजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यकालाई केन्द्रबिन्दु बनाई लागुऔषध खैरो हेरोईन कारोवारमा संलग्न व्यक्तिलाई लामो समयको अनुसन्धानपछि व्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका ७ का २१ वर्षिय दिनेश सुनुवार र पाँचथर फालेलुङ गाउँपालिका ५ का ३५ वर्षिय राजु थाम्सुहाङ रहेका छन् । सुनुवारलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीबाट र थाम्सुहाङलाई ललितपुर महानगरपालिका १४ विशालचोकबाट पक्राउ गरिएको व्युरोले जनाएको छ । सुनुवारको साथबाट नियन्त्रित लागु औषध नाईट्रोभेट ट्याबलेट र थाम्सुहाङको साथबाट लागू औषध खैरो हेरोईन २३२ ग्राम, नगद १ लाख ८० हजार र डिजिटल तराजु १ थान सहित पक्राउ गरिएको हो । व्युरोका अनुसार उनीहरु दुबैलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट लागु औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको छ ।