images
images

नक्कली प्रहरी बनेर लुटपाट गर्ने काभ्रेपलाञ्चोकका दुई पुरुष पक्राउ

  • ६ बैशाख २०८१, बिहीबार १८:५६

काभ्रेपलाञ्चोक । नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा काभ्रेपलाञ्चोकका दुई पुरुष पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ७ घर भएका सन्देश तामाङ र रोशी गाउँपालिका ३ का ३१ वर्षीय हिरालाल तामाङ काठमाडौँमा पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरी भएको भन्दै लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । उनीहरुले चैत्र २ गते काठमाडौँका एक क्याफेमा चिया पिईरहेका सप्तरीका विजय गोईतलाई आँफुहरु प्रहरी भएको भन्दै लुटपाट गरेको परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरुले गोईतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर चेकजाँच गर्ने निहुमा ४० हजार नगद र सुनको औँठी लुटेका थिए ।