images
images

अध्यागमनका महानिर्देशक तामाङ निलम्बित

  • ७ फाल्गुन २०८०, सोमबार १३:५२

भ्रष्टाचारको मुद्दा दायर भएसँगै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा भ्रष्टाचको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । महानिर्देशक तामाङ निलम्बनमा परेपछि गृह मन्त्रालयले अध्यागमनमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ । आयोगले हिजो उनीसहित १५ जना कर्मचारी र तीन कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका तामाङले ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

सरकारी सम्पत्ति हानी नोक्सानी गरेर निर्माण व्यवसायीलाई फाइदा पु¥याएको र बैंक जमानीबाट असुल गरी त्यसमा लाग्ने ब्याज ११ करोड बढीको सो रकम असुल नगरेको महानिर्देशक तामाङमाथि आरोप छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देशन गरे बमोजिम सोही ऐनको दफा ३ को १ र ३ को १ को पनि झ बमोजिम १० वर्षसम्म कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल गर्न मागदाबी लिएको छ ।