त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ८ सय ५० ग्राम सुन बरामद भएको छ ।
आज दिउँसो करिव २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । एक जना भारतीय महिलाले प्लाष्टिकभित्र कालो टेपले बेरेर साथमा राखेको अवस्थामा सुन बरामद भएको विमानस्थल स्रोतले जनाएको छ ।