images
images

दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश

  • ७ बैशाख २०८१, शुक्रबार १६:२३

सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरादिपेश पुन धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

पुनलाई रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतका न्यायधिश डा. दिपक उप्रेतीको ईजलासले पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्दै एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । अदालतले दुर्गा चापागाई पाण्डेसँग १८ लाख, नविन अच्छामीसँग १० लाख, दीपक न्योपानेसँग ४ लाख ४५ हजार तथा नीता थापा मगर र रोशनी गुरुङसँग २÷२ लाख धरौटी माग गरेको छ ।

अदालतले जीबी राई सहितका अन्य प्रतिवादीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउन आदेश दिएको छ ।