images
images

हतियारसहित काभ्रेपलाञ्चोकका पुरुष पक्राउ

  • ७ बैशाख २०८१, शुक्रबार १७:४२

काठमाडौँ । काभ्रेपलाञ्चोकका एक पुरुष हतियारसहित काठमाडौँमा पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का ३८ वर्षीय मिमसिंह लामा काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ नयाँवस्तीबाट हतियारसहित पक्राउ परेका हुन् । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल र सोही पेस्तोलको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । बा १८ च ८३६१ नम्बरको स्कारपियोमा सवार लामालाई प्रहरी वृत्त बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । लामा गोकर्णेश्वर ६ नयाँबस्ती बस्दै आएका थिए ।