images
images

विदेश पठाईदिने बहानामा ठगी, दोलखाका एक सहित दुई पक्राउ

  • ७ बैशाख २०८१, शुक्रबार १७:५५

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दोलखाका एक सहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भएका ३१ वर्षीय अरुण शिवाकोटी र धनकुटाको महालक्ष्मी नगरपालिका ६ का ४१ वर्षीय जगन्नाथ नेपाल रहेका छन् । शिवाकोटीलाई पेप्सीकोलाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालका सुचना अधिकारी एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शिवाकोटीले पोल्याण्ड पठाउने भन्दै किसन विश्वकर्मासहित दुईजनासँग ३ लाख ५० हजार रकम ठगी गरेका थिए । अर्का आरोपी नेपालले दुबई पठाउने भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।