images
images

शैलुङमा प्रहरी हवल्दारमाथि बञ्चरो प्रहार, अवस्था गम्भीर

  • ७ बैशाख २०८१, शुक्रबार २२:३३

दोलखा ।दोलखाको शैलुङ गाउँपालिकाको बागखोरमा डियूटीमा खटिएका प्रहरी हवल्दारमाथि बन्चरोप्रहार भएको

बागखोर बजारमा डियूटीमा  खटिएका प्रहरी हवल्दार दिपक चौधरीमाथि स्थानीय विजय नेपाली भनिने ज्ञानवहादुर दासले बन्चरो प्रहार गरेका हुन् बन्चरो प्रहार बाट गम्भीर घाइते भएका प्रहरी हवल्दार चौधरीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यलाय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले डियूटीमा रहेका चौधरीमाथि ज्ञानबाहदुरले बिनाकारण बन्चारेले प्रहार गरेको उनको शरीरमा गहिरो चोट लागेको जानकारी दिनुभयो । रौतहटको चन्द्रनिगापुर स्थायी घर भएका ४० बर्षीय चौधरी बाघखोर प्रहरी चौकीमा कार्यरत थिए ।

बन्चरो  प्रहार गर्ने अन्दाजी ५५ बर्षीय ज्ञानबहादुरलाई प्रहरीले प्रक्राउ गरी चरिकोट ल्याएको  बागखोर बजारमा टेलर सञ्चालन गर्दै आएका दासले प्रहरीलाई आक्रमण गर्नुको कारण खुलेको छैन स्थानीयका अनुसार आर्थिक मन्दीसँगै व्यापारमा गिरावट आएपछि ज्ञानबहादुर डिप्रेसनमा थिए । दासको गय राति श्रीमतीसंग झगडा समेत परेको स्थानीयले बताएका छन् ।