images
images

मेलुङका युवक लागु औषधसहित काठमाडौँमा पक्राउ

  • ८ बैशाख २०८१, शनिबार १७:१९

काठमाडौँ ।

दोलखाका एक युवक लागुऔषध सहित काठमाडौँमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका ४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका ३ नारायण गोपाल चोकबाट नियन्त्रित लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुल बरामद गरिएको छ ।