images
images

जिरी गुम्बावाट हराएको गुरु रिन्पोछेको मूर्ति तोडफोड गरिएको अवस्थामा फेला

  • ९ फाल्गुन २०८०, बुधबार १२:५२

जिरी (दोलखा) । जिरी गुम्वाबाट सोमवार राति हराएको गुरु रिन्पोछेको मूर्ति जङ्गलमा फालेको अवस्थामा फेला परेको छ ।

मूर्ति फेला परेपनि मूर्तिभित्र रहेको बहुमुल्य वस्तुहरु भने चोरी भएको छ । सोमवार राति जिरी नगरपालिका–५ स्थित गुम्वाबाट मूर्ति चोरी भएपछि प्रहरीले दुई दिनदेखि खोजतलास गरिरहेको थियो । इलाका प्रहरी कार्यालय जिरीका प्रमुख, प्रहरी निरिक्षक शरण महर्जनले हराएको मूर्ति गुम्वाभन्दा करिव २ सय मिटर माथि जङ्गलबाट तोडफोड गरी फालेको अवस्थामा फेला परेको जानकारी दिनुभयो । प्रहरीले गुम्वाभन्दा माथिल्लो जङ्गल क्षेत्रमा मूर्ति लुकाएको आशंकमा हिजो दिनभर र आज विहानैदेखि खोजतलास गरिरहेको थियो ।

चोरी भएको मूर्तिको दुवै हात भाँच्चिएको छ भने मूर्तिलाई फोडेर सोभित्र रहेको बहुमुल्य वस्तुहरु लगिएको छ । जिरी नगरपालिका–५ मा रहेको कुन्शल थोङ्डोलिङ गुम्वाबाट सोमवार राति गुरु रिन्पोछेको मूर्ति चोरी भएको थियो ।