images
images

ललितपुरमा मध्यरातमा इनारभित्र खसेका सिन्धुलीका पुरुषको सकुशल उद्दार

  • ९ बैशाख २०८१, आईतवार १६:३८

ललितपुर । ललितपुरमा इनारभित्र खसेका सिन्धुलीका पुरुषको सकुशल उद्दार गरिएको छ ।

प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङलाई सकुशल उद्धार गरेको हो । गएराती करिब सवा १ बजे ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र एक जना मानिस खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो ।

करिब ३० फिट गहिरो इनामार खसेका तामाङलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको छ ।